पदाधिकारी

मन बहादुर रावल graphic

मन बहादुर रावल

प्रमुख

पढ्नुहोस..

ज्ञानी प्रसाद शर्मा graphic

ज्ञानी प्रसाद शर्मा

उप-प्रमुख

पढ्नुहोस..

बिर बहादुर रावत

जि.स.स. सदस्य

पढ्नुहोस..

तेज बिक्रम शाही

जि.स.स. सदस्य

पढ्नुहोस..

कल्दर सिंह

जि.स.स. सदस्य

पढ्नुहोस..

जनक नेपाली

जि.स.स. सदस्य

पढ्नुहोस..

सरस्वती बिस्ट

जि.स.स. सदस्य

पढ्नुहोस..

गरिमा शाही

जि.स.स. सदस्य

पढ्नुहोस..

जुनकिरी दमाई

जि.स.स. सदस्य

पढ्नुहोस..

कमल राज भण्डारी graphic

कमल राज भण्डारी

जिल्ला समन्वय अधिकारी

पढ्नुहोस..

संक्षिप्त परिचय

नेपालको मध्य-पश्चिमाञ्चल विकास क्षेत्र र भेरी अञ्चलको सबभन्दा उत्तरमा जाजरकोट जिल्ला अवस्थित छ । भौगोलिक क्षेत्रको हिसावले मध्य पहाडी क्षेत्रमा पर्ने यो एक उच्च पहाडी जिल्ला हो । राजनीतिक रुपमा यस जिल्लामा २६ गाविस, ९ इलाका, १ नगरपालीका र २ निर्वाचन क्षेत्रमा विभाजित छ । भौगोलिक अवस्थिति हर्दा जाजरकोट जिल्ला २८° ३७' २२" देखि २९° ०७' २२" उत्तरी अक्षांस र ८१° ४९' २२" देखि ८२° ३४' ४६" मिनेट पुर्वी देशान्तरमा फैलिएको छ । कूल २२३० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको यस जिल्ला नेपालको सबभन्दा ठूलो क्षेत्रफल भएको डोल्पा जिल्ला भन्दा दक्षिण सिमा पर्दछ। जाजरकोट जिल्लाको सिमानामा पुर्वमा रुकुम, पश्चिममा दैलेख, जुम्ला र कालिकोट दक्षिणमा सल्यान र सुर्खेत, उत्तरमा डोल्पा र जुल्ला पर्दछन ।भौगोलिक क्षेत्र र वनौटको हिसावले हेर्दा यस जिल्लालाई उच्च पहाडी क्षेत्र, पहाडी क्षेत्र तथा नदीको बेसी क्षेत्र गरी ३ भागमा बाँडिएकाे छ ।यस जिल्लामा भेरी, छेडागाड, नलसिंहगाड जस्ता ठूला स्थायी नदि तथा खोला देखि स्थायी पानीका श्रोत भएका १०० भन्दा बढी नदीनाला तथा खोलाहरु रहेका छन् । यस मध्ये भेरी नदि यस जिल्लाको प्रमुख नदी मानिन्छ र जुन जिल्लाको पुर्व दक्षिण सिमानाबाट बगेको छ । यस जिल्लाका प्राय सबै नदी खोला जिल्लाको पुर्वी, दक्षिण सीमानामा बग्ने भेरी नदीमा मिसिन्छन् । यो नदीको मुहान तिब्बतमा रहेको छ । यस जिल्लाका चर्चित अन्य नदी तथा खोलाहरुमा मुलुसङ्ग खोला, समरखोला, छेडागाड, पासागाड, जाजरकोटको छेडागाड र नरसिंह गाड आदि रहेका छन् । यस जिल्लाको प्रमुख व्यापारिक केन्द्र जिल्ला सदरमुकाम रहेको खलङ्गा बजार हो । यहाँका अन्य व्यापारिक स्थानहरुमा खगेनकोटको दल्ली, जगतीपुरको मटेला बजार, छेडाबजार र मोर्कबजार रहेका छन् । प्राकृतिक र मानवीय श्रोतको हिसाबले जिल्ला विकासको प्रशस्त सम्भावना रहेको भएता पनि यस तर्फसम्बन्धित पक्षहरुको ध्यान जान नसक्दा तथा आवश्यकता र प्राथमिकता अनुसार लगानी हुन नसक्दा जिल्लाको समग्र विकासको स्थिति पछाडि परेको छ । यस जिल्लामा उपलब्ध अपार प्राकृतिक र मानविय श्रोतको परिचालन गर्न सके जिल्ला र जिल्लाबासीको समग्र स्थिति गुणात्मक रुपले फड्को मार्ने मात्र नभई यसले देश विकासमा नै पनि ठूलो योगदान पुर्‍याउन सक्ने संभावना रहेको छ ।
थप पढ्नुहोस्
Skip to toolbar